२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टी-२० आई सिरिज : नेपालले अमेरिकालाई हरायो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २ २०८१
  • 6.7K
    SHARES

  • images
    टी-२० आई सिरिज : नेपालले अमेरिकालाई हरायो

    काठमाडौँ, कात्तिक २ । टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई हराएको छ । आज विहान अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाउँदै अमेरिकालाई १६५ रनको लक्ष्य दिएको थियो ।अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।

    अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् । अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीनरतीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए ।

    हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एकरएक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend