२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा 


सञ्चार डबली
  • बुधबार, असोज ३० २०८१
  • 8.0K
    SHARES

  • images
    महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा 

    काठमाडौं ।  इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

    प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् ।इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । वेस्ट इन्डिजले १८ ओभरमा चार विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

    यो जितपछि अब वेस्ट इन्डिजसँगै समूह ’बी’ बाट दक्षिण अफ्रिका सेमिफाइनल पुगेको छ । इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend