२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हिम पर्वत हाइड्रोपावर र अवसर इक्विटी फन्डबीच लगानी सम्झौता


सञ्चार डबली
  • मंगलबार, जेठ २३ २०८०
  • 10.0K
    SHARES

  • images
    हिम पर्वत हाइड्रोपावर र अवसर इक्विटी फन्डबीच लगानी सम्झौता


    काठमाडौ, २३ जेठ । अवसर इक्विटी डाइभर्सिफाइड फन्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ । दुईवटा रन अफ रिभर हाइड्रोपावर निर्माण गर्न सम्झौता गरिएको छ ।

    सागु खोला–१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२ मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरिएको हो । दुवै आयोजनाका लागि विद्युत् खरिद सम्झौता पनि सम्पन्न भएको छ । आयोजनाबाट कुल उर्जा उत्पादन हुने अपेक्षा १४९ (जिडब्लुएच) प्रति वर्ष रहेको छ ।

    आयोजनाबाट उत्पादन हुने विद्युत् सिंगटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यी आयोजनाहरुको व्यावसायिक सञ्चालन २०८१ चैत २९ गतेबाट हुनेछ । कोषको लगानीले आयोजना समयमै सम्पन्न गर्न सहज बनाउने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend