२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायक देवेन्द्र बरालको 'माया गर्छु म' मा कृष्ण र मिस पवीको अभिनय


सञ्चार डबली
  • मंगलबार, जेठ २३ २०८०
  • 13.2K
    SHARES

  • images
    गायक देवेन्द्र बरालको 'माया गर्छु म' मा कृष्ण र मिस पवीको अभिनय

     

    काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको सार्वजनिक गीतमा बच्छा यादवको एरेन्ज, कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा मोडलद्धय मिस पवी र कृष्ण श्रेष्ठको अभिनय रहेको छ ।

    भिडियोले एकोहोरो मायामा परेका प्रेमीको माया र त्यागलाई देखाउन खोजेको छ । प्रेमीले प्रेमिकाको वर्णन गरेर नथाकेको गीतले एकोहोरो मायामा डुब्ने प्रेमीको सफा मन भित्र पलाएको मायालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

    सार्वजनिक गीतमा दाबा तामाङको कोरियोग्राफी रहेको छ भने शंकल भुजेलको छायाकंन तथा मनोज कार्कीको सम्पादन रहेको छ । भिडियो निर्देशक खातीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

    भिडियो लिंकः:https://youtu.be/qTjLFprchzs

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend