२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फूलपातीबाट नेपाली बक्सअफिसमा तीन फिल्मको भिडन्त


सञ्चार डबली
  • बुधबार, असोज २३ २०८१
  • 7.5K
    SHARES

  • images
    फूलपातीबाट नेपाली बक्सअफिसमा तीन फिल्मको भिडन्त


    काठमाडौं । दशैको फूलपातीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । ठुला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ ।

    सोमबारबाट यी तिनै फिल्मको मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुला भैसकेको छ । मल्टीप्लेक्सहरुमा सुपरहिट सिरिज‘छक्का पञ्जा ५’ अन्य दुई फिल्मभन्दा धेरै शोज पाएको छ ।

    देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ लाई कूल ९० शोज दिएको छ । यस्तै, काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि ‘छक्का पञ्जा ५’लाई उच्च प्राथमिकतामा राखेका छन् ।

    देशभर ‘छक्का पञ्जा ५’ पहिलो दिन करिब ३ सय शोज पाउने सम्भावना दिएको छ । त्यसपछि भने फिल्मप्रति दर्शकको प्रतिक्रियाका आधारमा शोज तय हुने छ ।

    त्यसै विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले क्यूएफएक्स चेनमा ५३ शोज पाएको छ । यस फिल्मले सबै गरेर पहिलो दिन डेढ सयको हाराहारीमा शोज पाउने देखिएको छ । फिल्मको ट्रेलरले दर्शकमा निकै राम्रो उत्साह देखाएको छ भने फिल्मको एड्भान्स बुकिङ पनि राम्रो रहेको छ ।

    त्यसैगरी जितु नेपालको फिल्म ज्वाइँ साब’ पहिलो दिन देशभर सयको हाराहारीमा शोज पाउने भएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शोज दिएको छ । त्यस्तै घटस्थापनाबाट रिलिज भएको‘बेहुली फ्रम मेघौली’ को भने फूलपातीबाट शोज कम हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend