२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सामसङले मध्य वानेश्वरमा गर्यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ


सञ्चार डबली
  • सोमबार, जेठ २२ २०८०
  • 9.5K
    SHARES

  • images
    सामसङले मध्य वानेश्वरमा  गर्यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ


    काठमाडौ,  २२ जेठ ।  सामसङले हालै मध्य वानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयर को समेत उपस्थिती रहेको थियो । सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ ।

    बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकहरूको लागि निरन्तर रूपमा ग्राहक–मुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हाल सम्मै सामसङले काठमाडौँ उपत्यका भित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिले देखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो र वानेश्वर स्थित रहेको २१ औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

    यस वानेश्वर स्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी पाइएको छ । सो प्रारम्भित सर्भिस सेन्टरबाट वानेश्वरलगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि सामसङको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend