२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बेन्फिकाले एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले हरायो


सञ्चार डबली
  • बिहीबार , असोज १७ २०८१
  • 6.5K
    SHARES

  • images
    बेन्फिकाले एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले हरायो


    काठमाडौं । बेन्फिकाले बुधबार राति एट्लेटिको मड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । लिस्बनमा भएको खेलमा ब्रुनो लागेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एट्लेटिको मड्रिडको बचाउलाई धरासायी बनायो । केरम अक्तुरकोग्लु, एन्जल डी मारिया, अलेक्जेन्डर बाह र ओरकुन कोक्चुले गोल गर्दै बेन्फिकालाई महत्त्वपूर्ण जित दिलाए ।

    खेलको १३ औं मिनेटमा एट्लेटिकोको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै अक्तुरकोग्लुले फ्रेड्रिक और्सनेसको पासमा बेन्फिकालाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर भान्जेलिस पाभिलिडिसले गोल गर्ने ठूलो अवसर गुमाए । 

    दोस्रो हाफको सुरुवातमा पाभिलिडिसमाथि कन्अर ग्यालाघरले फाउल गरेपछि बेन्फिकालाई पेनाल्टीको मौका मिल्यो, जसलाई अर्जेन्टिनी स्टार एन्जल डी मारियाले जन ओब्लाकलाई पराजित गर्दै २–० को अग्रता दिलाए । 

    ७५ औं मिनेटमा बाहले जन–निक्लास बेस्टेको कर्नरमा हेडरमार्फत तेस्रो गोल थपे । खेलको अन्त्यतिर सब्स्टिच्युट ज्वेकी अम्दुनीमाथि रिनिल्डोले फाउल गरेपछि अर्को पेनाल्टीको मौका मिल्यो, जसलाई ओरकुन कोक्चुले शीर्ष कोरामा प्रहार गर्दै बेन्फिकालाई ४–० को शानदार जित दिलाए । यो जितपछि बेन्फिका च्याम्पियन्स लिगको नयाँ लिग चरणमा बोरुसिया डर्टमण्ड र ब्रेस्टसँगै अंक तालिकाको शीर्ष तीन स्थानमा छ । एट्लेटिको मड्रिड भने २३ औं स्थानमा रहेको छ ।

    एट्लेटिको मड्रिडले चार वर्षपछि पहिलो पटक च्याम्पियन्स लिग खेलमा चार गोल बेहोरेको हो । यो बेन्फिकाको घरेलु च्याम्पियन्स लिग खेलमा सबैभन्दा ठूलो जितमध्ये एक हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend