२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 शेयर बजारमा दोहोरो अंकको गिरावट


सञ्चार डबली
  • सोमबार, जेठ २२ २०८०
  • 9.3K
    SHARES

  • images
     शेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं, २२ जेठ ।  आइतवार ५० भन्दा बढि अंकको सुधार आएको शेयर बजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार १७ अंकले ओरालो लागेको छ । आज शेयर बजार परिसूचक १७ दशमलव ३८अंकले घटेर १९०१ दशमलव ९९ विन्दुमा पुगेको छ ।

    आज २७७ कम्पनीका ५६ लाख २० हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९५ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स २ अंकको गिरावट आएको छ । आज २ दशमलव ८८ अंकले गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३६२ दशमलव २२ बिन्दुमा पुगेको छ ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइआइ प्रडेन्सियल इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend