२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, असोज १५ २०८१
  • 7.9K
    SHARES

  • images
    डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक

    मंगलवार, असोज १५ २०८१
    काठमाडैं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन जडान गर्ने र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ।

    यो अफर योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजमा थप तीन महिना बोनस मिल्नेछ । यस अफरले ग्राहकका लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा तीन महिना निःशुल्क इन्टरनेट पाउने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

    यसका अतिरिक्त ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत आकर्षक उपहार जित्न सक्ने र हप्तामा १२ भाग्यशाली विजेताले डीएचआई होम अपलायन्स, Itel A60s स्मार्टफोन, MiVi DuoPods T20 Earbuds र डिशहोम फोरके स्ट्रिमर लगायत उपहार मिल्ने कम्पनीले जनाएको छ ।

    यसबाहके बम्पर लक्की ड्र अन्तर्गत एक विजेताले डीएचआई होम अपलायन्सेसको फ्रन्ट लोड वासिङ मेसिन जित्नसक्ने कम्पनीले जनाएको छ । यस्तै, अन्य उपकरणमा ४० प्रतिशतसम्मको छुट, MiVi DuoPods मा ५४ प्रतिशतसम्म छुट र FireBoltt स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट मिल्ने कम्पनीले जनाएको छ ।

    यी अफर पाउन ग्राहकले डिशहोम इन्टरनेटको तीन महिना वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । नयाँ कनेक्सन लिने वा रिचार्ज गर्दा लक्की ड्रमा सहभागी हुन मिल्ने कम्पनीको भनाइ छ । कम्पनीले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकको आवश्यकता सम्बोधन गर्न अफर ल्याएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend