२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

त्रिकोणात्मक टी–२० सिरिजः नेपाल क्यानडासँग पराजित


सञ्चार डबली
  • आइतबार, असोज १३ २०८१
  • 8.7K
    SHARES

  • images
    त्रिकोणात्मक टी–२० सिरिजः नेपाल क्यानडासँग पराजित


    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब शुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको हो । यस खेलमा क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो ।

    क्यानडाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपाली टिम १९ ओभरमा अल  आउट हुदै १०९ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउदै १२३ रन बनाएको थियो  ।

    क्यानडाका लागि साद बिन जफरले सर्बाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४-१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३-३, रजिन ढकाल र  दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । अब नेपालले अर्को खेल आज ओमानसँग खेल्दै छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend