२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एएफसी यू–२० एशियन कपः आज बहराइनको सामना गर्दै नेपाल


सञ्चार डबली
  • शुक्रबार, असोज ११ २०८१
  • 6.4K
    SHARES

  • images
    एएफसी यू–२० एशियन कपः आज बहराइनको सामना गर्दै नेपाल


    काठमाडौं ।  एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल ३ खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।

    यस अघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो ।

    त्यस्तै बहराइनले २ खेलमा एक जित र एक हार बेहोरेको छ । बहराइनले पहिलो खेलमा चाइनिज ताइपेइलाई १-० ले पराजित गरेको थियो भने कम्बोडियासँग १-० ले पराजित भएको थियो ।

    तुलनात्मक रुपमा बलियो मानिएपनि नेपालले आज बहराइनलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ । २ खेल हारिसकेको हुनाले आज जित हासिल गरेपनि नेपालको एशिया कपमा छनौट हुने सम्भावना भने निकै कम छ । 
       

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend