२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लिग- २ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित


सञ्चार डबली
  • शुक्रबार, असोज ११ २०८१
  • 6.9K
    SHARES

  • images
    लिग- २ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित

     

    काठमाडौँ । क्यानडाले घरेलु मैदानमा खेलेको आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले चारै खेल जितेर सिरिज कब्जा गरेको हो ।

    ओमानले दिएको १९९ रनको लक्ष्य पछाएको क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

    यो जितपछि क्यानडाले लिग-२ मा १२ खेलमा ८ जित र ४ हारसहित १६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ओमानले भने लिग- २ मा चौथो हार बेहोरेको छ । ओमानको ८ खेलमा ६ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।
      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend