२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी क्रिकेट विश्वकपः वर्षाले खेल हुन नसकेपछि नेपाल र ओमानले अंक बाँडे


सञ्चार डबली
  • बुधबार, असोज ९ २०८१
  • 6.9K
    SHARES

  • images
    आइसीसी क्रिकेट विश्वकपः वर्षाले खेल हुन नसकेपछि नेपाल र ओमानले अंक बाँडे


    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा रद्ध भएको छ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् ।

    योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।लिग––२ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अंकसहित सातौं स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने ७ खेलमा ६ अंक रहेको छ र छैटौं स्थानमा छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend