२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा


सञ्चार डबली
  • शनिबार, असोज ५ २०८१
  • 7.6K
    SHARES

  • images
    दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा

     

    काठमाडौँ । अफगानिस्तानले जारी एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकालाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनको फाराकिलो अन्तरले पराजित गर्दै सिरिजमा २-० को जित हासिल गरेको हो ।

    अफगानिस्तानले दिएको ३१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३४.२ ओभरमा १३४ रन बनाउदा अल आउट भएपछि खेल अफगानिस्तानले १७७ रनले जितेको थियो ।

    दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले सर्बाधिक ३८ रन बनाए भने टोनी डि जोर्जीले ३१ तथा एडेन मार्क्रमले २१ रन बनाएका थिए । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन ध्वस्त गर्न अफगानिस्तानका राशिद खानले सर्बाधिक ५ विकेट लिएका थिए । राशिदले ५ ओभरमा एक मेडनसहित १९ रन दिएर ५ विकेट लिएका थिए । राशिद आफ्नो जन्मदिनको अवसरमा पाँच विकेट लिएका छन् । त्यस्तै अर्का बलर नान्गेयालिया खारोटेले ४ विकेट लिएका थिए ।

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले रह्मतुल्लाह गुर्बाजको १०५ रनको शतकीय पारी र अज्मतुल्लाह ओमारजाईको ८६ रनको योगदानमा ५० ओभरमा ४ विकेट गुमाएर ३११ रन बनाएको थियो ।

    यो जित सँगै अफगानिस्तानले ३ खेलको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । यस अघि पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक एकदिवसीय खेल जितेर किर्तिमान बनाएको अफगानिस्तानले दोस्रो खेल पनि जितेर दक्षिण अफ्रिकाविरुद्ध पहिलो सिरिज पनि जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।
         

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend