२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

समिट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 8.3K
    SHARES

  • images
    समिट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

    काठमाडौ, २१ जेठ । समिट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यस संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ २२ गते बुक क्लोज गर्दै छ ।

    तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्ने छ । गत वर्षको नाफाबाट यस संस्थाले १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

    उक्त लाभांश पारित गर्न समिट लघुवित्तको साधारण सभा असार ३ गते बस्दैछ । सभामा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ८ लाख ५३ हजार ६६५ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ । संस्थाको अधिकृत पुँजी बृद्धि गरी ६५ करोड पुर्याउने एजेन्डा पनि छ ।

    समिटले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गर्नेछ । सभा अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलान्चोक बिहान १०.३० बजे सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend