२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सेयर लगानीकर्ताको ब्रोकर कार्यालयहरूमा तालाबन्दी सुरू


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 9.7K
    SHARES

  • images
    सेयर लगानीकर्ताको ब्रोकर कार्यालयहरूमा तालाबन्दी सुरू


    काठमाडौ, २१ जेष्ठ । सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् । उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ । लगानीकर्ताहरुको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ ।

    विद्यमान पुँजीगत लाभकर (५% र ७.५%) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकम उत्रिएका हुन् । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् ।

    आन्दोलनमा उत्रिएका लगानीकर्ता तिलक कोइरालाले भ्याली बाहिरका जिल्लाहरुमा पनि तालाबन्दी गरिने बताए । उनले भने, ‘अहिले बिहान हामी अर्थमन्त्री प्रकाशशरण महतको घरमा गएका थियौं तर त्यहाँ प्रहरीले रोक्यो । त्यसपछि हामी आएर ब्रोकरको कार्यालय तालाबन्दीमा सक्रिय भएका छौं । हामीले क्षेत्र–क्षेत्र तोकेर टोली नेताहरु खटाएर छौं।’

    लगानीकर्ता रोहन कार्कीले पनि सबै लगानीकर्तालाई आफ्नो नजिकको ब्रोकर कार्यालयमा गएर लाताबन्दी कार्यक्रम सफल पार्न अनुरोध गरेका छन् । उनले कुनै ब्रोकरलाई नखोल्न अनुरोध समेत गरेका हुन् । यदि ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने उनले बताए । पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरुको आन्दोलन नरोकिने पनि लगानीकर्ताले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend