२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

क्यानडासँग नेपालको लज्जास्पद हार


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 9.2K
    SHARES

  • images
    क्यानडासँग नेपालको लज्जास्पद हार

     

    काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ ।गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो हार बेहोरेको हो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको थियो ।

    नेपालका लागि करण केसीले सर्बाधिक २७ रन बनाएका थिए भने सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भिम सार्कीले १८, गुलशन झाले १५, कुशल मल्लले १२ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, दिपेन्द्र सिंह ऐरीले ८, सोमपाल कामीले ६ रन बनाएका थिए ।

    त्यसैगरी क्यानडाका बलर डिलोन हेयलिगेरले सर्बाधिक ५ विकेट लिएका थिए भने अखिल कुमार र अंश पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै साद बिन जफरले एक एक विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै २५३ रन बनाएको थियो । क्यानडाका लागि कप्तान निकोलस कृतनले सर्बाधिक ७३ रन बनाएका थिए भने नवनीत धालिवालले ४८ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर सोमपाल कामी र ललित राजबंशीले २-२ तथा सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका थिए ।

    यो जितपछि क्यानडाले लिग-२ मा ९ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै नेपालको भने लिग-२ मा यो चौथो हार हो । ५ खेलमा एक मात्र जित हासिल गरेको नेपालको २ अंक छ र अंक तालिकामा सातौं स्थानमा छ ।

    अब नेपालले अर्को खेल बुधबार ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।
        

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend