२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 11.8K
    SHARES

  • images
    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    काठमाडौ, २१ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार आज ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ६७ पैसा, ठुलो गोलभेडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ, सानो गोलभेडा (टनेल) १७ रुपैयाँ ६७ पैसामा खरिर बिक्री भइरहेको छ भने रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँमा पर्ने जानेछ ।

    उता, लोकल गाजर, तामा, पुदीना, ब्रोकाउली, सखरखण्ड र तने बोडी ९५ रुपैयाँ, लोकल बन्दा ११ रुपैयाँ, स्थानीय काउली, लोकल घिउ सिमी, घिरौला, भिण्डी, हरियो प्याज, रातो बन्दा र भेडे खुर्सानी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु), हरियो लसुन, हरियो खुर्सानी (बुलेट), सजिवन, चुकुन्दर, परवर, ब्रोकाउली र न्यूरो ७५ रुपैयाँमा किनबेच हुनेछ ।

    यस्तै, लाम्चो भन्टा, रायोको साग, हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोसा १३० रुपैयाँ, लौका, स्कूस र हरियो खुर्सानी ५५ रुपैयाँ तोकिएको छ ।

    यसैगरी, पालूगो साग, सेलरी, सौफको साग, चमसूरको साग र मेथीको साग प्रतिकेजी ११५ रुपैयाँ, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, कुरीलोे २२५ रुपैयाँ, इमली १४० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच गरिने छ भने फूजी स्याउ ३०० रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३७५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११० रुपैयाँ, दसहरी आँप १६५ रुपैयाँ, हरियो अंगुर २६५ रुपैयाँ, मौसम १७५ रुपैयाँ, जुनार २२५ रुपैयाँ, पर्ने जनाइएको छ ।

    साथै, लोकल काक्रो र नेपाली मेवा ११५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, भारतीय लिच्ची २७५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ, अदुवा २४५ रुपैयाँ, चाइनिज लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend