२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालले आज क्यानडाविरुद्ध खेल्दै


सञ्चार डबली
  • सोमबार, भदौ ३१ २०८१
  • 8.1K
    SHARES

  • images
    नेपालले आज क्यानडाविरुद्ध खेल्दै

     

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ । नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति ७; ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ ।

    क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

    त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् । नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend