२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इंग्लिस प्रिमियर लिग, पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी


सञ्चार डबली
  • आइतबार, भदौ ३० २०८१
  • 6.9K
    SHARES

  • images
    इंग्लिस प्रिमियर लिग, पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी


    काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १० गोल अन्तरले पराजित गरेको हो ।चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए ।

    यस खेलमा प्रिमियर लिगको पहेलो कार्डको नयाँ किर्तिमान समेत बनेको छ । यस खेलमा कुल १४ पहेलो कार्ड देखाइएको थियो । जसमा चेल्सीका खेलाडीलाई ८ र बोर्नमाउथका ६ खेलाडीलाई पहेलो कार्ड देखाइएको थियो । यस अघि प्रिमियर लिगमा १३ पहेलो कार्डको किर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो ।

    यो चेल्सीको यस सिजनमा दोस्रो जित हो । ४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अंक भएको छ । त्यस्तै बोर्नमाउथको भने ४ खेलमा ५ अंक रहेको छ ।

       

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend