२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एभरेडीले सार्वजनिक गर्‍यो ‘डीएल १०२ साइरन’ टर्च र ‘अल्टिमा अल्कालाइन्’ ब्याट्री 


सञ्चार डबली
  • शुक्रबार, भदौ २८ २०८१
  • 8.1K
    SHARES

  • images
    एभरेडीले सार्वजनिक गर्‍यो ‘डीएल १०२ साइरन’ टर्च र ‘अल्टिमा अल्कालाइन्’ ब्याट्री 

    शुक्रबार, भदौ २८, २०८१
    काठमाडौं । एभरेडीले नेपाली बजारमा ‘डीएल १०२ साइरन’ टर्च र ‘अल्टिमा अल्कालाइन्’ ब्याट्री सार्वजनिक गरेको छ । यी उत्पादनले एभरेडीको उत्कृष्टता, अनुसन्धान, र सामाजिक प्रभाव प्रतिको प्रतिबद्धतालाई दर्शाएको कम्पनीको विश्वास छ । काठमाडौंमा बिहीबार एक कार्यक्रममार्फत कम्पनीले नेपालमा नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

    कम्पनीले आफ्नो ‘खेलिन्छ त सिकिन्छ’  अभियानमार्फत् बालबालिकाले मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनपयोगी सिपलाई बढावा दिन्छ भन्ने प्रकाश पार्ने नारासहित अल्टिमा अल्कालाइन् ब्याट्रीहरू प्रस्तुत गरेको छ ।

    नयाँ अल्टिमा श्रृंखलाले ४०० गुणा बढी कार्यक्षमता र ८०० प्रतिशतलामो कार्यसम्पादन दिने दाबी कम्पनीको छ । यी ब्याट्री खेलौना, भिडियो गेम र चिकित्सकीय औजारजस्ता उच्च शक्ति खपत गर्ने उपकरणका लागि विशेष रुपमा डिजाइन गरिएका ब्याट्री अल्कालाइन् प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण भएको कम्पनीको दाबी छ ।

    कम्पनीले एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको ‘आवाज उठाउने शक्ति’ अभियानका साथ कान नसुन्ने र बोल्न नसक्नेका लागि उद्देश्य परिचालित आविष्कारका रूपमा प्रस्तुत गरेको बताएको छ । टर्चमा एकसय डेसिबल एसओएस अलार्म, यूएसबी टाइप–बिको चार्जिङ र विभिन्न प्रकारका प्रकाश फ्याक्कने विशेषता छन् ।

    भारतीय कम्पनी एभरेडी इण्डष्ट्रिज एण्डिया लिमिटेडका एसबीयू प्रमुख (ब्याट्रीज एण्ड फ्ल्यासलाइट) तथा वरिष्ठ उपाध्यक्ष, अनिर्वान बेनर्जीले अल्टिमा अल्कालाइन् ब्याट्री ४०० देखि ८०० प्रतिशतसम्म चल्ने बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend