२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसिसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , भदौ २७ २०८१
  • 6.6K
    SHARES

  • images
    आइसिसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक

    काठमाडौँ , भदौ २७ । नेपालले अमेरिकामा खेल्ने आइसिसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ ।

    नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-२ मा प्रतिस्पर्धा हुनेछ । लिग- मा नेपालले खेल्ने सबै खेलहरू प्रेरिरी भ्यू ह्युस्टनमा राति १०:१५ मा सुरु हुनेछन् ।

    नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।

    त्यसपछि यी तीन टोलीबीच टी-२० सिरिज हुनेछ ।

    लिग-२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ । नेपालका कन्सल्टेन्ट प्रशिक्षक जगत टमाटा भने भिसा आवेदन ढिला गरेका कारण टोलीसँग जान पाएका छैनन् ।

    नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग-२ मा प्रतिस्पर्धा गर्नेछ ।

    त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

    क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend