२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परे हास्य कलाकार ‘इकु’


सञ्चार डबली
  • बुधबार, भदौ २६ २०८१
  • 8.8K
    SHARES

  • images
    कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परे हास्य कलाकार ‘इकु’

    काठमाडौं, भदौ २६ । चर्चित कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा  पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा सुलेमान शंकर ९इकु० भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

    ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

    यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बै।कमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

    त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले बताए । पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend