२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा


सञ्चार डबली
  • मंगलबार, भदौ २५ २०८१
  • 7.6K
    SHARES

  • images
    ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ ।  क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । 

    टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।

    टी-२० टिमबाट बाहिर रहेका भीम, आरिफ र अर्जुन एकदिवसीय टिममा फर्किएका छन् । नेपालले भदौ ३१ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ । क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ ।  नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ । त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ ।

    नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend