२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल पुलिस क्लब महिला भलिबल टिमको लागि सिप्रदी ट्रेडिङ मुख्य प्रायोजकको रूपमा सम्झौता सम्पन्न


सञ्चार डबली
  • सोमबार, भदौ २४ २०८१
  • 7.5K
    SHARES

  • images
    नेपाल पुलिस क्लब महिला भलिबल टिमको लागि सिप्रदी ट्रेडिङ मुख्य प्रायोजकको रूपमा सम्झौता सम्पन्न

    सोमवार, भदौ २४ २०८१
    काठमाडौँ - सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र नेपाल पुलिस क्लब महिला भलिबल टिम बिच माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता सम्पन्न भएको छ । 

    सम्झौता पत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीले हस्ताक्षर गरेका  छन् ।

    काभा महिला भलिबल क्लब च्याम्पियनसिप २०२४, माल्दिभ्स भलिबल संघले यहि २०२४ सेप्टेम्बर १५ तारिख देखि २१ तारिखसम्म आयोजना गर्न लागेको हो । 

    उक्त खेलमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, इरान, काजकिस्तान, पाकिस्तान, श्रीलकां, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरि १३ एसियाली वटा राष्ट्रका क्लवहरुले सहभागिता जनाउनेछन ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend