२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 रोनाल्डोको निर्णयक गोलमा पोर्चुगलको जित


सञ्चार डबली
  • सोमबार, भदौ २४ २०८१
  • 6.9K
    SHARES

  • images
     रोनाल्डोको निर्णयक गोलमा पोर्चुगलको जित


    काठमाडौं । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । १–० ले पछि परेको पोर्चुगलले खेलको दोस्रो हाफमा दुवै गोल गरेर जित हासिल गरेको थियो । 

    पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । फेर्नानडेजले खेलको ५४औं र रोनाल्डोले खेलको ८८औ मिनेटमा गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि स्कट म्याकटोमिनीले गोल गरेका थिए ।

    यो जितसँगै पोर्चुगलले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र समुह एक मा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ ।
             

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend