२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एन्फा महिला लिग फुटबल : कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो


सञ्चार डबली
  • आइतबार, भदौ २३ २०८१
  • 6.7K
    SHARES

  • images
    एन्फा महिला लिग फुटबल : कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो

    काठमाडौं, भदौ २३ । ललितपुरमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । 

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो । यससँगै कोशीले तीन खेलबाट ९ अंक बटुल्दै अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ ।

    पराजित कर्णालीको भने १ अंक छ । यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र वाग्मती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो । त्यस्तै यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय ब्यहोरेको थियो ।

    आज कोशीको जितमा पूर्णीमा राईले २ गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान १र१ गोल गरे । कोशीकी पूर्णिमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् ।

    त्यसको पाँच मिनेटपछि पूर्णिमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीले कर्णालीमाथि ४–० को जित निकाल्यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend