२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रोनाल्डोको ९०० करिअर गोल पूरा


सञ्चार डबली
  • शुक्रबार, भदौ २१ २०८१
  • 7.6K
    SHARES

  • images
    रोनाल्डोको ९०० करिअर गोल पूरा

    काठमाडौं, भदौ २१ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करिअरमा ९०० गोल पूरा गरेका छन् ।

    अन्तर्राष्ट्रिय फिफा विन्डोमा भएको नेसन्स लिगअन्तर्गतको खेलमा क्रोएसियाविरुद्ध एक गोल गरेसँगै रोनाल्डोले यो कोसेढुंगा छोएका हुन् । रोनाल्डो गोलसँगै भावुक बनेका थिए । अन्तर्राष्ट्रिय करिअरमा भने रोनाल्डोको यो १३१औँ गोल हो । क्रोएसियाविरुद्ध पोर्चुगलले २–० को जित निकालेको थियो ।

    क्लबस्तरमा रोनाल्डोले स्पोर्टिङ लिस्वन, म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड, युभेन्ट्स र अल नासरबाट खेलेका छन् ।

    रोनाल्डोले आफ्नो करिअरको पहिलो गोल २२ वर्षअघि गरेका थिए । उनले सन् २००२ को अक्टोबर ७ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट पहिलो गोल गरेका थिए ।

    रोनाल्डोले आफ्नो करिअरमा स्पोर्टिङ लिस्वनबाट पाँच, रियाल मड्रिडबाट ४५०, पोर्चुगलबाट १३१, म्यानचेस्टर युनाइटेडबाट १४५, युभेन्ट्सबाट १०१ र अल नासरबाट हालसम्म ६८ गोल गरेका थिए ।

    यो कोसेढुंगा पूरा गरेपछि आफूले १०० गोल चाहेको रोनाल्डोले बताए ।

    “म १००० गोलसम्म पुग्न चाहन्छु । यदि मलाई कुनै इन्जुरी हुँदैन भने यो मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो,” रोनाल्डोले क्रोएसियाविरुद्धको खेलपछि भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend