२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • बुधबार, भदौ १९ २०८१
  • 7.6K
    SHARES

  • images
     नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ हजार ५६६ कित्ता संस्थापक शेयर भदौ १९ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

    प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको यी शेयर खरिद गर्न इच्छुकहरूले असोज २ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन उक्त दिन अपरान्हक ३ बजेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

    आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था छ । ५ लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले भने अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । 

    आवेदन पेश गर्दा शिलबन्दी खाम बाहिर नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड–शेयर खरीद आवेदन ९संस्थापक समूह० उल्लेख गर्नुपर्ने भनाई पनि कम्पनीको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend