२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायक शिवाकोटीको 'भुक्के चप्पल'मा सुरवीर, शारदा र नविनाको अभिनय


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 12.8K
    SHARES

  • images
    गायक शिवाकोटीको 'भुक्के चप्पल'मा सुरवीर, शारदा र नविनाको अभिनय

     

    काठमाडौँ, २० जेठ। ली गायक सुजन शिवाकोटीको स्वर सजिएको भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा गायक शिवाकोटीकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरवीर पण्डित, शारदा गिरी र नविना शिलवाल (खुईली) को अभिनय छ ।

    भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयवस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् ।

    सामाजिक क्षेत्रमा काम गर्न रुचाउने गायक शिवाकोटी युवा व्यवसायी पनि हुन् । गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

    भिडियाे लिंक : https://youtu.be/ng0RBbnipI4

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend