२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शाहरुख बलिवुडमा सबैभन्दा धनी, शिर्ष पाँचमा को को छन् ?


सञ्चार डबली
  • शनिबार, भदौ १५ २०८१
  • 7.9K
    SHARES

  • images
    शाहरुख बलिवुडमा सबैभन्दा धनी, शिर्ष पाँचमा को को छन् ?


    काठमाडौं ।  बलिवुडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडी रहेका छन् । शुक्रबार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् । जस अनुसार श्हरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबात कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनि रेड चिलिज रहेको छ भने आइपिएल टिम कोलकोता नाइट राइडर्स समेत रहेको छ । 

    त्यस्तै बलिवुडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनर समेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइर्ड्स दुवैमा साझेदारी रहेको छ । 

    त्यसपछि बलिवुड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् । अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरुमा रणनीतिक लगानी रहेको छ ।

    त्यस्तै पाँचौं स्थानमा बलिवुडका निर्माता एवम निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनि धर्मा प्रोडक्सन रहेको छ ।
     
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend