२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 पलेशाले जितिन् पेरिस पाराओलम्पिकमा ऐतिहासिक कास्य पदक


सञ्चार डबली
  • शनिबार, भदौ १५ २०८१
  • 6.9K
    SHARES

  • images
     पलेशाले जितिन् पेरिस पाराओलम्पिकमा ऐतिहासिक कास्य पदक


    काठमाडौं । नेपालकी पलेशा गोवद्र्धनले पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् ।के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । 

    पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक पनि बनेको छ ।कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई पदक दिलाइन् । 

    पलेशाले रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् ।नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिकमा सहभागिता जनाएको जनाएको ६ दशक सम्म पदक विहिनताको अवस्थालाई पलेशाले तोडेकी हुन् ।उनै पलेशाले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend