२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रदेशका क्रिकेट खेलाडीहरूले पनि तलब पाउने


सञ्चार डबली
  • बिहीबार , भदौ १३ २०८१
  • 7.3K
    SHARES

  • images
    प्रदेशका क्रिकेट खेलाडीहरूले पनि तलब पाउने

    काठमाडौं, भदौ १३ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीलाई पनि मासिक पारिश्रमिक दिने निर्णय गरेको छ । 

    बिहीबार बसेको क्यान कार्यसमिति बैठकले प्रत्येक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो ।

    सबै प्रदेशका गरी ३५ खेलाडीहरूको पारिश्रमिकबापतको रकम प्रदेशहरूमा पठाइने छ । खेलाडीहरूसँग प्रदेश क्रिकेट संघले नै सम्झौता गर्ने छ ।

    क्यानका अनुसार, उनीहरूले भदौ १६ गतेदेखि लागु हुने गरी तलब पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend