२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कमेडी फिल्म हाउसफुलको सिरिजमा ज्याक्लिनको कमब्याक


सञ्चार डबली
  • शनिबार, भदौ ८ २०८१
  • 8.7K
    SHARES

  • images
    कमेडी फिल्म हाउसफुलको सिरिजमा ज्याक्लिनको कमब्याक

     

    काठमाडौँ । अक्षय कुमार अभिनीत 'हाउसफुल' सबैभन्दा लोकप्रिय कमेडी फ्रेन्चाइजी मध्ये एक हो । निर्माताहरु यसको पाँचौं किस्ता ल्याउने तयारीमा छन् र यसको घोषणा पनि भइसकेको छ । यस पटक अक्षय कुमार र रितेश देशमुखसँगै फरदीन खान पनि हुने भएका छन् । तर, यसैबीच, जैकलिन फर्नान्डेज प्रमुख अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताइएको छ ।

    निर्माता साजिद नाडियाडवाला रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, फरदीन खान र सञ्जय दत्त जस्ता स्टारहरू छन् । स्टारकास्टले फ्रन्चाइजीमा नयाँ उर्जा ल्याउने देखिन्छ ।

    ३०० करोडको निर्माण बजेट रहेको 'हाउसफुल' को पाँचौं सिरिज फ्रेन्चाइजीको सबै भन्दा महँगो फिल्म समेत हुने भएको छ । फिल्ममा ज्याकलिन अक्षय कुमारको अपोजिटमा देखिने बताइएको छ । ज्याक्लिन हाउसफुलको शुरुका तीन सिरिजमा रहेकी थिइन् भने चौथो सिरिजमा थिइनन् ।

    साजिदले अन्य तीन ए-लिस्टर नायिकालाई पनि कास्टमा समावेश गर्न छलफल गरिरहेको र आधिकारिक घोषणा छिट्टै हुने बताइएको छ ।

    यस अघि ‘हाउसफुल ५’ यस वर्षको दीपावलीको अवसरमा रिलिज हुने तय भएपनि निर्माताले यसको रिलिज मिति ६ जुन २०२५ सम्म पुर्याएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend