२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 नेपाल प्रिमियर लिगको घोषणाः लोगो र खेल मिति सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, भदौ ४ २०८१
  • 7.7K
    SHARES

  • images
     नेपाल प्रिमियर लिगको घोषणाः लोगो र खेल मिति सार्वजनिक


    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ । सोमबार एक समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरे । 

    १५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता हुने मिति तय गरेको गरेको क्यानले फ्रेन्चाइज टिम किन्न टेन्डर आह्वान गरेको छ । यसअघि सोहि प्रकृतिको नेपाल टी–२० लिग आयोजना गरेको भएपनि विवादित भएको थियो । 

    आयोजनाको जिम्मेवारी पाएको भारतीय कम्पनी भागेपछि अहिलेसम्म विजेता टिमले पुरस्कार पाएको छैन । त्यसपछि आएको क्यानको नेतृत्वले नयाँ प्रतियोगिता घोषणा गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend