२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रिलिजको चार दिनमै स्त्री–२ दुई सय करोड क्लबमा


सञ्चार डबली
  • सोमबार, भदौ ३ २०८१
  • 9.1K
    SHARES

  • images
    रिलिजको चार दिनमै स्त्री–२ दुई सय करोड क्लबमा


    काठमाडौं । बलिवुड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन आइतबार मात्र ५८ करोड २० लाख कमाई गरेको छ ।फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ । फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड र शनिबार ४५ करोड ७० लाख कमाएको थियो ।

    करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री(२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । अमर कौशिकले निर्देशन गरेको स्त्री२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend