२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 दोस्रो दिनमै फिल्म स्त्री–२ सय करोड क्लबमा प्रवेश


सञ्चार डबली
  • शनिबार, भदौ १ २०८१
  • 9.3K
    SHARES

  • images
     दोस्रो दिनमै फिल्म स्त्री–२ सय करोड क्लबमा प्रवेश


    काठमाडौं । बलिवुड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिनमा नै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान बनाएको छ ।फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । 

    फिल्मले अहिलेसम्म १०० करोड १० लाख कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो ।फिल्मले आगामी सोमबारसम्म २०० करोडको आँकडा पार गर्नसक्ने अनुमान गरिएको छ ।

    करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री–२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । अमर कौशिकले निर्देशन गरेको स्त्री–२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend