२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सूर्य नेपालको ब्यापारमा उल्लेख्य बृद्धि, एक बर्षमा करिब २९ अर्ब को कारोबार


सञ्चार डबली
  • शुक्रबार, साउन ३२ २०८१
  • 7.5K
    SHARES

  • images
    सूर्य नेपालको ब्यापारमा उल्लेख्य बृद्धि, एक बर्षमा करिब २९ अर्ब को कारोबार

    शुक्रवार, साउन ३२ २०८१
    काठमाडौँ - सूर्य नेपाल प्रा.लि.ले सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्दै आएको कम्पनीको व्यापार एक बर्षमा ७.३१ प्रतिशतले बढेको हो । सन् २०२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले एक बर्षको अवधिमा करिब २ करोड रुपैयाँले व्यापारमा बृद्धि गर्न सफल भएको हो ।

    सन् २०२१ मा कम्पनीले २४ अर्ब ४९ करोड २० लाखको व्यापार गरेको कम्पनीले कोभिडपछि भने व्यापारमा उल्लेख्य सुधार गरेको देखिन्छ । यो कम्पनीले आधा दर्जन चुरोटका साथै सुर्तीजन्य पदार्थका साथै अगरबत्ती, सलाई र चकलेटजस्ता उत्पादन पनि गर्दै आएको छ ।

    सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीसमेत हो । नेपालमा सन् १९८६ देखि सञ्चालनमा आएको कम्पनीले नेपालमा सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, शिखर फिल्टर किंग्स, शिखर आइस रश, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, सूर्य फ्युजन, स्ट्राइकर स्पाइस रश, बिजुली र चौतारी ब्राण्डका चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

    चुरोटका साथै कम्पनीले अन्य एफएमसीजी पनि उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । अगरबत्ती, सलाइ र ब्रान्डेड प्याकेज गरिएका खाद्य पदार्थको योगदान कुल सञ्चालन आम्दानीमा न्यून रहेको कम्पनीले जनाएको छ । सूर्य नेपालले भारतीय लक्जरी होटल आईटीसीको चेनलाई नेपाल भित्र्याएको छ । देशभर कम्पनीका १०० भन्दा बढी वितरक छन् भने सूर्य नेपालका उत्पादन देशका अधिकांश खुद्रा पसलमा उपलब्ध छन् ।

    सूर्य नेपालमा भारतीय कम्पनी आईटीसी लिमिटेडको ५९ प्रतिशत सेयर स्वामित्व रहेको छ भने ३९ प्रतिशत सेयर नेपालका लगानीकर्ता र बाँकी २ प्रतिशत सेयर बेलायती कम्पनी ब्रिटिश अमेरिकन टोब्याको (इन्भेस्टमेन्ट्स) को छ । 

    कम्पनीले हाल भने ५ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंक कर्जाका लागि रेटिङ गराएको छ । सूर्य नेपाललाई कर्जाका लागि रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट ए वान प्लस रेटिङ पाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend