२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महिला भलिबल : १४ जना खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय


सञ्चार डबली
  • शुक्रबार, साउन ३२ २०८१
  • 7.9K
    SHARES

  • images
    महिला भलिबल : १४ जना खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

    काठमाडौँ, साउन ३२  सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

    राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम उक्त निर्णय गरिएको जानकारी गराएको छ। 

    त्यस्तै, नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय भएको उनले जानकारी दिए।

    मन्त्रिपरिषद् बैठकले बैठकले सहसचिव वा सो सरहका ५९ जनालाई विभिन्न निकायमा सरुवा तथा कामकाजमा खटाएको छ।

    २०८१ असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरुलाई स्वीकृति दिने निर्णय पनि भएको छ। 

    यस्ता छन् अन्य निर्णयहरूः

    cabinet-31-saun_rW3B2jN7pb.jpg

    2_PvchFiCRkB.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend