२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन


सञ्चार डबली
  • शुक्रबार, साउन ३२ २०८१
  • 7.9K
    SHARES

  • images
    चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन


    काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ ।आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् ।

    गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।

    आवेदन दिने म्याद बिहीबार सकिएको छ । आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend