२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फूलपातीमा नेपाली फिल्मको त्रिपक्षीय भिडन्त हुने, थपियो ‘१२ गाउँ’


सञ्चार डबली
  • बुधबार, साउन ३० २०८१
  • 8.4K
    SHARES

  • images
    फूलपातीमा नेपाली फिल्मको त्रिपक्षीय भिडन्त हुने, थपियो ‘१२ गाउँ’

    काठमाडौँ, साउन ३०  दसैँको अवसर फूलपाती अर्थात असोज २४ विराज भट्टको फिल्म ‘१२ गाउँ’ को प्रदर्शन मिति तय भएको छ। तीनवटा फिल्म भिड्ने पक्का भएको छ। 

    यसअघि सोही मितिमा ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ समेत रिलिज डेट तोकिसकेका छन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दैं असोज २४ का लागि फिल्म ‘१२ गाउँ’ रिलिज मिति तोकेको हो।

    सार्वजनिक पोस्टरमा विराजका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ। समीरले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्देछन्। 

    ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ ले प्रचारप्रसार सुरु गरिसकेका छन्। केही दिनअघि ‘छक्का पञ्जा ५’ पहिलो गीत सार्वजनिक गरिएको थियो भने ‘ज्वाइँसाब’ पनि फर्स्टलुक पोस्टर आइसकेको छ।

    सुरुमा दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले असोज २४ को डेट तोकेको थियो। त्यसपछि मंगलबार यी दुबैले पोस्टर निकाल्दै सोही मितिमा आउने घोषणा गरेका हुन्। ‘ज्वाइँसाब’ मा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्। 

    ‘१२ गाउँ’ को पनि चाडै टिजर ल्याउने निर्माणटिमको तयारी छ। यसै फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend