२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 फिल्म  ‘स्त्री २’ निर्धारित मिति भन्दा एकदिन अगावै रिलिज हुँदै


सञ्चार डबली
  • आइतबार, साउन २७ २०८१
  • 10.0K
    SHARES

  • images
     फिल्म  ‘स्त्री २’ निर्धारित मिति भन्दा एकदिन अगावै रिलिज हुँदै


    काठमाडौं ।श्रद्धा कपूर र राजकुमार रावको हिट फिल्म ‘स्त्री’ को सिक्वेल ‘स्त्री २’ अब अगस्ट १४ मा सिनेमा घरमा रिलिज हुँदैछ । यसअघि यो फिल्म १५ अगस्टमा रिलिज हुने तय भएपनि अब एक दिन अगाडि नै रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
     
    म्याडक फिल्म्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ रिलिज मितिबारे जानकारी दिएको छ । पोस्टको क्याप्सनमा लेखिएको थियो,  ‘स्त्री अब आफ्नो समय भन्दा अगाडि आउँदैछिन् ।  ‘स्त्री २’ अब अगस्ट १४ मा हलमा रिलिज हुँदैछ । अहिले अग्रिम बुकिङ सुरु भएको छ । उनी स्त्री हुन्, जे पनि गर्न सक्छन् । त्यसकारण उनी एक रात चाँडै आउँदैछिन्, केवल तपाईंको लागि। त्यसैले आफ्नो टिकट बुक गर्नुहोस्।’

     ‘स्त्री २’ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्ममा वरुण धवन  ‘भेडिया’ को भूमिकामा छन् । फिल्ममा तमन्ना भाटिया पनि सानो भूमिकामा देखिनेछिन् ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend