२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता


सञ्चार डबली
  • बिहीबार , साउन २४ २०८१
  • 8.9K
    SHARES

  • images
    रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

    काठमाडौं, साउन २४  राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी)ले अनुमति दिएको छ । 

    परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसीको आधिकारिक जवाफ माग गरेको थियो । एन्फाको जवाफअनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको छ । यसअघि विभिन्न विषयमा प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । 

    एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेपछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो । यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ । 

    दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ । 

    अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिएको थियो । जसका कारण विश्वकप फुटबलअन्तर्गतको दोस्रो चरणको खेल नेपालमा हुन सकेन । 

    लामो समयदेखि संघले संरक्षण गर्दै आएको खेल मैदानप्रति एएफसीले प्रश्न उठाएपछि परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले २०८० चैत्रदेखि परिषद् आफैँले रंगशालाको खेलमैदान संरक्षण र मर्मतको जिम्मा लिने निर्णय लिएका थिए । 

    मैदानले एसफसीबाट पुनः मान्यता पाएपछि परिषद्का सदस्य–सचिव घिसिङले नेपाली दर्शकले फेरि रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए । उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अब कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend