२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई एक–एक लाख नगदसहित सम्मान


सञ्चार डबली
  • बिहीबार , साउन २४ २०८१
  • 7.5K
    SHARES

  • images
    काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई एक–एक लाख नगदसहित सम्मान

    काठमाडौं, साउन २४  काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । 

    महानगरले बिहीबार नेपाली टिमका सबै सदस्यलाई समान एक लाख रुपैयाँसहित सम्मान गरेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले बताए । “काठमाडौं महानगरपालिकाले नेपाली महिला टिमको सम्मान गर्दै टिमका सबै सदस्यलाई समान एक लाख रुपैयाँ दिएको छ ।

    महानगरले बिहीबार टिमका सबै सदस्यलाई एक लाखको चेक हस्तान्तरण गरिसकेको छ,” संघका महासचिव श्रेष्ठले भने । 

    नेपाली टिम बुधबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि उपविजेतामा सीमित बनेको हो । प्रतियोगिताको लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकाले पनि फाइनलमा भने नेपाली टिमले त्यसलाई कायम राख्न सकेन । 

    साउन १७ गतदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतसँगै इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच टिमको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend