२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

श्रीलंकालाई हराउँदै भारत काभा महिला भलिबलको फाइनलमा


सञ्चार डबली
  • मंगलबार, साउन २२ २०८१
  • 7.2K
    SHARES

  • images
    श्रीलंकालाई हराउँदै भारत काभा महिला भलिबलको फाइनलमा

    काठमाडौं, साउन २२  श्रीलंकामाथि सोझो सेटको जित दर्ता गर्दै साविक विजेता भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। 

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भएको हो। 

    भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो। पहिलो र दोस्रो सेटमा सहज जित निकालेको भारतले तेस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो।

    भारतले अब उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग खेल्नेछ। पराजित भएको श्रीलंकाले भने तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित टोलीसँग खेल्नेछ। 

    आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरान खेल्नेछन्। नेपाल इरानलाई हराउँदै भारतविरुद्ध फाइनल खेल्न चाहान्छ। लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। 

    नेपाल आज त्यो हारको बदला लिने योजनामा छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend