२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा


सञ्चार डबली
  • बिहीबार , साउन १७ २०८१
  • 7.7K
    SHARES

  • images
    काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा

     

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदै छ । उद्‌घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङकासँग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल र श्रीलङका बीचको खेल दिउसो ३ः१५ बजे सुरु हुनेछ । बिहीबार नै भारत र इरान पनि ५ः४५ बजेदेखि खेल्दै छन् । 

    नेपाल टिमकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमा स्वर्ण पदकको लक्ष्य राखेको बताएकी छन् । बुधबार भएको प्रि(म्याच कन्फरेन्ससमा उनले दुई साता अघि भएको रसियन टिमसँगको मैत्रीपूर्ण खेलले टिममा सुधार आएको बताएकी छन् । मैत्रीपूर्ण खेलमा नेपाल रिसिभ र डिफेन्समा कमजोर देखिएको थियो । 

    श्रीलङकाले विपक्षी बलिया भए पनि राम्रो तयार साथ नेपाल आएको बताएको छ । नेपालले पछिल्लो पटक सन २०२१ मा भएको सेन्ट्रल जोनमा श्रीलङकालाई पाँच सेटमा हराएको थियो । लिगमा मालदिभ्स पनि सहभागी छ ।  मालदिभ्सले आफ्नो पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend