२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पेरिस ओलम्पिकः अहिलेसम्म २० देशले जिते पदक


सञ्चार डबली
  • आइतबार, साउन १३ २०८१
  • 10.3K
    SHARES

  • images
    पेरिस ओलम्पिकः अहिलेसम्म २० देशले जिते पदक

     

    काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन् । शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने कुल २० देशले पदक जितेका छन् ।जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ । अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो ।

    त्यस्तै चीनले २ स्वर्ण र एक काश्य पदक जितेको छ भने अमेरिकाले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ । त्यसैगरी आयोजक फ्रान्सले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ ।

    अहिलेसम्म दक्षिण कोरिया, बेल्जियम, जापान, काजकिस्तान, जराम्नी र हङकङले स्वर्ण पदक जितेका छन् । त्यस्तै इटाली र ग्रेट ब्रिटेनले रजत तथा काश्य पदक जितेका छन् भने  क्यानडा, फिजी र मंगोलियाले रजत पदक जितेका छन् । त्यसैगरी ट्युनिसिया, स्पेन, हंगेरी, दक्षिण अफ्रीका र स्विडेनले काश्य पदक जितेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend