२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 37.8K
    SHARES

  • images
    बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौ, १६ जेठ । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज छापावाल सुन तोलामा एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend