२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या बढाउने आईसीसीको निर्णय


सञ्चार डबली
  • सोमबार, साउन ७ २०८१
  • 7.2K
    SHARES

  • images
    महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या बढाउने आईसीसीको निर्णय

    काठमाडौँ, साउन ७ । सन् २०३० मा आयोजना हुने आईसीसी महिला टी(२० विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    आईसीसीको सोमबार श्रीलंकामा सम्पन्न बोर्ड बैठक तथा वार्षिक साधारणसभाले महिला टी(२० विश्वकपमा प्रतिस्पर्धी संख्या १२ बाट १६ पुर्‍याउने निर्णय गरेको हो । आईसीसीको यो निर्णयले नेपाल जस्ता टोलीलाई फाइदा पुग्नेछ ।

    यस्तै सन् २०२६ मा हुने पुरुष टी(२० विश्वकपमा एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट ३ टोलीलाई सहभागी गराइने निर्णय भएको छ । यी दुई क्षेत्रको अन्तिममा एउटै प्रतियोगिताबाट विश्वकप छनोट हुनेछ ।

    यसअघि एसिया क्षेत्रबाट मात्र छनोट हुँदै आएको थियो । आईसीसीका अनुसार अफ्रिका र युरोपबाट २(२ र अमेरिकी क्षेत्रको छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend