२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महिला एशिया कपः पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित


सञ्चार डबली
  • सोमबार, साउन ७ २०८१
  • 7.0K
    SHARES

  • images
    महिला एशिया कपः पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

     

    काठमाडौं ।  जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ ।नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले  ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।

    नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् । त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।

    यो जितपछि पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।अब तेस्रो खेलमा पाकिस्तानले मंगलबार युएईविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । अब नेपालले तेस्रो खेलमा मंगलबार भारतसँग खेल्ने तालिका छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend